गृहपृष्ठ हवाईजहाजभन्दा छिटो कुद्ने रेल आउँदै

हवाईजहाजभन्दा छिटो कुद्ने रेल आउँदै

हवाईजहाजभन्दा रेल छिटो पुग्ने कुरा पत्याउन सजिलो छैन । यो सुन्दा सबैले आश्चर्य मान्छन् । चीनमा शीघ्र नै यो कुरा सत्य सावित हुँदै छ । यो रेल हवाईजहाजभन्दा पहिले गन्तव्यमा पुग्ने छ । सांघाई-बेइजिङको दूरी यसले घटाउँदै छ किनकि यो रेलले मानिसलाई हवाईजहाजले भन्दा छिटो एक सहरबाट अर्को सहर पु-याउने छ ।

६ सय किलमिटर प्रतिघण्टाको गतिमा यो रेल कुद्ने छ । यो चुम्बकीय प्रणालीबाट चल्ने आरामदायी रेल हुने छ । परम्परागत रेलभन्दा द्रुत गतिमा हुइँकिने यसको कम्पन तुलनात्मक रूपमा कम रहने बताइएको छ । यद्यपि चीनमा ४३१ प्रतिकिलोमिटरसम्म गतिमा कुँद्ने रेलको आरामदायी व्यावसायिक सेवा छँदै छ ।

रेलमा सुधार ल्याउने लोकोमोटिव कम्पनी सीआरसीसी सिफाङ कार्पका डेपुटी चिफ इन्जिनियर डिङ सेनसनका अनुसार बेइजिङबाट सांघाईसम्म विमानबाट यात्रा गर्दा सबै तयारसहित करिब साढे पाँच घण्टा लाग्छ । यो रेलले बेइजिङ-सांघाई यात्रा मात्र साढे ३ घण्टामा सम्भव बनाउने छ ।

मेग्ले प्रविधि चुम्बकीय शक्तिबाट चल्ने एक परिवहन प्रणाली हो । यस प्रविधिमा चुम्बकीय शक्तिको प्रयोगबाट सवारी साधन चलाइन्छ । यो प्रविधिबाट लिक नछोइकन चुम्बकीय क्षेत्रमा सवारी साधन गुड्छ । घर्षणबिना चल्ने यो रेलको गति अन्य रेलको भन्दा बढी हुन्छ । (वेबदुनियाँ)

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु