गृहपृष्ठ महोत्तरीका २ घरमा लुटपाट, एक जना पक्राउ

महोत्तरीका २ घरमा लुटपाट, एक जना पक्राउ

lutpat-newskarobar सांकेतिक तस्बिर ।

महोत्तरीमा बुधबार राति दुई घरमा लुटपाट भएको छ । बर्दिवास नगरपलिका–६ र ७ प्रेमनगरमा राति १०–११ जनाको समूहमा आएको लुटेरा समूहले दुई घरका सुनचाँदी र नगदसहित १५ लाख बराबरको धनमाल लुटेको हो ।

रामसुनार महतो र चन्देश्वर महतोको घरमा लुटपाट भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । लुटेरामध्ये एक जना हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । सर्लाही चन्द्रपर नगरपालिकाका ४० वर्षीय देवनरायण कापड पक्राउ परेका हुन् । कापडलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ ।

स्थानीयको कुटपिटबाट कापडको अवस्था गम्भीर भएकाले बर्दिबासको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु