गृहपृष्ठ नेदरल्यान्ड्स महिला विश्वकपको फाइनलमा

नेदरल्यान्ड्स महिला विश्वकपको फाइनलमा

नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा अतिरिक्त समयमा स्वीडेनलाई १–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले फाइनलमा अमेरिकासँगको भेट पक्का गरेको हो । नेदरल्यान्ड्सको जितमा ज्याकी ग्रोइनेनले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९औं मिनेटमा ज्याकीले गोलको खडेरी मात्रै टारिनन् टोलीलाई फाइनलसम्म पनि पुर्याइन् ।

नेदरल्यान्ड्स पहिलो पटका महिला विश्वकपको फाइनलमा पुगेको हो । फाइनल आइतबार हुनेछ ।

प्रकाशित समय ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु