गृहपृष्ठ घूस लिएको अभियोगमा वडाध्यक्षमाथि भ्रष्टाचार मुद्दा
घूस लिएको अभियोगमा वडाध्यक्षमाथि भ्रष्टाचार मुद्दा
घूस लिएको अभियोगमा बाराको महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाउण्ड वाल’ बनाउन उपभोक्ता समिकिो अध्यक्ष बनाइदिने भन्दै २ लाख ७५ हजार रुपैयाँ घूस मागेको अख्तियारको भनाइ छ । हेटौंडाबाट गएको आयोगको टोलीले घुस लिँदालिँदै बरैलाई पक्राउ गरेको हो । अख्तियारले बरैविरुद्ध बिगो असुल र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।
प्रकाशित समय ०६:५७ बजे

















