गृहपृष्ठ विश्वकप क्रिकेटमा अंकविहीन हुँदै बाहिरियो अफगानिस्तान
विश्वकप क्रिकेटमा अंकविहीन हुँदै बाहिरियो अफगानिस्तान
अफगानिस्तान जारी एकदिवसीय विश्वकप क्रिकेटमा जितविहीन भएको छ । अफगानिस्तान आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएको हो ।
अफगानिस्तानले ९ खेलमा ९ मा नै पराजित हुँदै पुछारमा रहेर विश्वकप यात्रा टुंगाएको हो । वेस्ट इन्डिजले ९ मध्ये २ खेलमा जित र ६ मा हारका साथ ५ अंक जोड्दै नवौं स्थानमा रहेर विश्वकप यात्रा समाप्त गर्यो ।
३ सय १२ रनको लक्ष्य पक्ष्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८८ रनमा समेटियो । अफगानिस्तानका लागि इकराम अलीखीलले सर्वाधिक ८६ रनको योगदान गरे । ओपनर रामत शाहले ६२ रन बनाए । कप्तान गुलबदीन नाइब ५ रनमा आउट भए । नजीबुउल्लाह जदरानले ३१ रन जोडे । मोहम्मद नाबीलाई २ र शमीउल्लाह शिनवारी ६ रनमा आउट भए ।
पूर्वकप्तान कप्तान अस्गर अफगानले ४० रनको योगदान दिए । राशिद खान ९, दवालत जदरान १, सायद शिजायद २५ र मुजिब उर रहमानले ७ रन बनाउन सके । वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले ४ विकेट लिए । केमर रोचले ३ विकेट लिए । क्रिस गेल र ओसन थोमसले समान १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । विकेटकीपर शाई होपले सर्वाधिक ७७ रन बनाए । निकोलस पुरनले ५८ रनको योगदान दिए । कप्तान जोसन होल्डरले ४५ रन जोडे । ओपनर क्रिस गेललाई ७ रनमा आउट भएका थिए । इभिन लुईसले ५८ रनको महत्वपूर्ण योगदान गरे । शिमरोन हिटमायरले ३९ रन बनाए । कार्लोस वर्थवेट १४ रनमा अविजित रहे ।
अफगानिस्तानका लागि दवालत जदरानले २ विकेट लिए । मोहम्मद नाबी, सईद शिरजाद र राशिद खानले समान १–१ विकेट लिए ।
प्रकाशित समय ०७:१५ बजे

















