गृहपृष्ठ काठमाडौंको बबरमहलमा ट्याक्सीको ठक्करबाट १ जनाको मृत्यु
काठमाडौंको बबरमहलमा ट्याक्सीको ठक्करबाट १ जनाको मृत्यु
काठमाण्डौको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान २ बजेतिर बा२ज ११८८ नम्बरको ट्याक्सीले बा८३प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि बसेका ओखलढुंगा सुनकोशी गाउँपालिका– ८ का दीपक थापा मृत्यु भएको हो । घाइते स्कूटर चालक रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:४९ बजे

















