गृहपृष्ठ विजयपुरको अस्थायी डाइभर्सन पुन: सञ्चालनमा

विजयपुरको अस्थायी डाइभर्सन पुन: सञ्चालनमा

बाढीले बगाएको विजयपुर खोलाको डाइभर्सन

पोखराको विजयपुर खोलाको अस्थायी डाइभर्सन पुलः निर्माण गरिएको छ ।

बाढीले बगाएको डाइभर्सन पुल चाइनाको सीएमसी कम्पनी र सडक डिभिजन कार्यालय पोखराले निर्माण गरेसँगै मंगलबार बेलुकादेखि सञ्चालनमा आएको हो । पहिले ७ रोलमा ह्युम पाइप राखेर अस्थायी पुल निमार्ण गरिएकोमा अहिले भने ९ वटा प्रयोग गरिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि पोख्रेलले जानकारी दिए ।

सोमबार साँझबाट डाइभर्सन निर्माणको काम थालिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साँझ तत्काल उक्त पुल निर्माण गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए । गण्डकी प्रदेशको राजधानि पोखराको प्रवेशद्धारामा मोटरेवल पुल चर्केकोले १० टन भार हुने मालवाहक सवारी साधनहलाई रोक लगाएकोले अस्थायी विकल्पका रुपमा डाइभर्सन पुल प्रयोगमा ल्याइएको हो ।

डाइभर्सन बगेकाले मालवाहक गाडीहरु गगनगाैंडा क्षेत्रमा रोकिएका थिए । ७ टन सम्मका सवारी साधनहरुलाई भने पट्नेरी हुँदै बागमाराको सडकबाट पोखरा पठाइएको थियो ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु