गृहपृष्ठ जातीय विभेद गर्नेलाई तीन महिना कैद
जातीय विभेद गर्नेलाई तीन महिना कैद
दैलेख जिल्ला अदालतले जातीय विभेद गर्ने महावु गाउँपालिका–५ का ६० वर्षीय डिलबहादुर रावतलाई तीन महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला सुनाएको हो ।
जातीय भेद्भाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ दफा ७ (१) (क) तथा मुलुकी अपराधसंहिता २०७४ को दफा १६६ को (२) बमोजिम कैद र जरिवानाको फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आचार्यले बताए । तत्कालीन युद्धमा भूमिगत छँदै शोभा सुनार र गणेशबहादुर रावतले अन्तरजातीय विवाह गरेका थिए ।
शोभाका श्रीमान् गणेशबहादुरले दोस्रो विवाह गरी भागेपछि आफ्ना छोराछोरीलाई गाँस, बास र पढाउनका लागि खर्चसहित अंश मागेपछि जेठाजु दिलबहादुरले आफूलाई अभद्र व्यवहार गरी जातीय छुवाछूत गरेको भनी शोभाले विसं २०६७ जेठ १ गते मुद्दा दर्ता गरेकी थिइन् । प्रतिवादी दिलबहादुरले जातीय छुवाछूत कसुर गरेको देखिन आएको हुँदा उनलाई सो फैसला सुनाइएको अदालतले जनाएको छ ।
प्रकाशित समय २०:३८ बजे

















