गृहपृष्ठ विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी पक्राउ
विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी पक्राउ
विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ ।
लुकीछिपी बसेको सूचनाको आधारमा खोजतलास गर्दा चितवन प्रहरीले भरतपुर महानगरपालिका– २६ ज्योतिनगरबाट बिहीबार साँझ पक्राउ गरेको हो । सोलुखुम्बु नेचासल्यान गाउँपालिका– २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएसँगै आबद्ध रहेको बुझिएको छ ।
पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
प्रकाशित समय ०७:३९ बजे

















