गृहपृष्ठ गुल्मीको रुद्रवेणी-वामीटक्सार सडकखण्ड अवरुद्ध
गुल्मीको रुद्रवेणी-वामीटक्सार सडकखण्ड अवरुद्ध
तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी-वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उर्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
बिहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको उक्त सडक रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुने उक्त सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र छन् । अवरुद्ध सडक सञ्चालन गर्न शुक्रबार बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन सुरु गरेको अध्यक्ष ढकालले बताए ।
वर्षाका कारण गुल्मीका एक दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीलाई समेत समस्या भएको छ । (रासस)
प्रकाशित समय १०:१८ बजे

















