गृहपृष्ठ कोरियामा कामदारको तलब करिब ३ प्रतिशतले वृद्धि

कोरियामा कामदारको तलब करिब ३ प्रतिशतले वृद्धि

दक्षिण कोरियामा सन् २०२० का लागि मजदुरको न्यूनतम ज्यालामा करिब ३ प्रतिशतले वृद्धि भएको छ । कामदारको ज्यालामा २.९ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्रपति मुन जे इन प्रशासनले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउने भने पनि अब कामदारले प्रतिघण्टा ८ हजार ५ सय ९० वन मात्र पाउनेछन् । राष्ट्रपति मुनले आफू राष्ट्रपतीय चुनावमा होमिँदा १० हजार वन तलव बनाउने घोषणा गरेका थिए ।

यो वृद्धिबाट कामदार भने सन्तुष्ट देखिएका छैनन् । यसअघि सरकारका प्रतिनिधि र मजदुरपक्षबीचको वार्ता लगातार निष्कर्षविहीन भएका थिए । मजदुर प्रतिनिधिहरुले आर्थिक तथा मूल्यवृद्धि र श्रम बजारको आय असमान रहेको जनाउँदै आधारभूत ज्यालामा वृद्धि गरिनुपर्ने बताइरहेका छन् ।

गतवर्ष न्यूनतम ज्याला वृद्धिसँगै अधिकांश कम्पनी सञ्चालकहरुले आप्रवाशी कामदारलाई दिँदै आएको सेवा सुविधामा भारी कटौती गरेका थिए । अतिरिक्त काम गर्ने समयमा पनि कमी आएको छ ।

खाना र बस्न निःशुल्क दिँदै आइरहेका कम्पनीहरुले तलबबाट पैसा काट्ने सम्झौतामा हस्ताक्षर गराएका थिए । कम्पनीहरुले पनि बोनसमा कतौटी गरेको नेपाली कामदारहरुले गुनासो गरेका छन् ।

यो घोषणाले सातामा ४० घण्टा (महिनामा २०९ घण्टा) को न्यूनतम मासिक तलब १७ लाख ९५ हजार ३१० पुगेको छ । अघिल्लो वर्ष सरकारले १०.९ प्रतिशत तलब बढाएको थियो ।

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु