गृहपृष्ठ हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडक अवरुद्ध

हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडक अवरुद्ध

बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २ सय मिटरसम्म सडक पहिरोले पुरिएको र उक्त सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।

यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको फाखेल प्रहरी चौकीले जानकारी दिएको छ । त्रिभुवन राजपथको हेटौँडा-काठमाडौँ सडक यातायात भने सञ्चालनमा रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ । (रासस)

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु