गृहपृष्ठ बाढीले रौतहटका अधिकांश गाउँ डुवानमा, पूर्व-पश्चिम राजमार्ग खुल्यो

बाढीले रौतहटका अधिकांश गाउँ डुवानमा, पूर्व-पश्चिम राजमार्ग खुल्यो

rautahat-duban-newskarobar फाइल तस्बिर ।

दुई दिनदेखिको अविरल वर्षाका कारण रौतहटका अधिकांश गाउँ डुवानमा परेका छन् । रौतहटको गौर नगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयको भवन तथा बजार क्षेत्रमा २ फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

बागमती र लालबकैया नदीको पानी ओभर फ्लो भएर गाउँबस्तीतिर पस्दा ईशनाथ, बौधीमाई र गढीमाई नगरपालिका तथा दुर्गा भगवती गाउँपालिका जलमग्न भएको उनले बताए । लालबकैयाले बन्जरहाको बाँध कटान गर्दा बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवालगायतका आधा दर्जन बस्ती डुवानमा परेका छन् । ‘अहिलेसम्म मानवीय क्षति भएको छैन,’ उनले भने, ‘ गढीमाईमा ३ वटा फुसका घर भत्किएका छन् भने बाढीले केही बाँधहरू भत्काएको छ ।’ सम्भावित क्षतिबाट बचाउन प्रहरीले उच्च सतर्कता अपनाइरहेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए ।

rautahat-newskarobar

गढीमाई नगरपालिका–३, लक्ष्मीपुरमा बागमती नदीले बाँध भत्काएको प्रहरी उपरीक्षक खत्रीले बताए । बाँध भत्किँदा लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका गाउँ डुबेका छन् । अहले भने रौतहटमा पानी पर्न केही कम भएको छ । पानी कम परेपछि राजमार्गबाट ठूला सवारीसाधन गुड्न थालेको उनले जानकारी दिए ।

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु