गृहपृष्ठ पहिरोले काभ्रेको चौरीदेउरालीमा ३ घरमा क्षति, स्थानीयले घर छाडे

पहिरोले काभ्रेको चौरीदेउरालीमा ३ घरमा क्षति, स्थानीयले घर छाडे

लगातारको वर्षापछि गएको पहिरोले काभ्रेको चौरीदेउराली गाउँपालिका-४, मजुवाका तीनवटा घरमा क्षति पु-याएको छ । अखिलका पूर्वउपाध्यक्ष दीपक गौतमसहितका तीन घरमा पहिरोले क्षति पु-याएको हो ।

पहिरो झर्ने क्रम नरोकिएपछि स्थानीयले घर छोडेका छन् । ‘पहिरो झर्ने क्रम रोकिएको छैन, पानी परिरहेकाले उद्धार कार्य कठिन भएको छ,’ गौतमले भने, ‘बिहानको समयमा पहिरो झरेकाले मानवीय क्षति भने हुन पाएन ।’ अहिलेसम्म तीनवटा घरमा क्षति पुगेको र अन्य घर पनि जोखिममा रहेको उनले जानकारी दिए ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु