गृहपृष्ठ बिहीबार साँझदेखि रुखमै बास, अझै उद्धार हुन सकेन
बिहीबार साँझदेखि रुखमै बास, अझै उद्धार हुन सकेन
धनुषा र सिरहाको बीचमा पर्ने कमला नदीको बाढीले घर बगाइदिएपछि बिहीबार साँझदेखि रुखमा चढेर बसेका गद्रु मुखियाको अझै उद्धार हुन सकेको छैन । सिरहाको बन्दीपुरस्थित कमला नदीको छेउमा बनाएको कुटी नदीमा एक्कासि बाढी आएर बगाएपछि उनी हत्तपत्त रुखमा चढेका थिए । मुखिया कर्जन्हा नगरपालिका–२ का स्थायी बासिन्दा हुन् ।
रुखमा चढेर ज्यान बचाएका मुखियाले बिहीबार रातिदेखि नै उद्धारका लागि हारगुहार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले भने अविरल वर्षाका कारण नदीमा पानीको वहव कम नभएकाले उद्घारमा कठिनाइ भएको जनाएको छ ।
प्रकाशित समय १६:५४ बजे

















