गृहपृष्ठ विवाहको विषयमा विवाद हुँदा कुटिएका एक जनाको मृत्यु

विवाहको विषयमा विवाद हुँदा कुटिएका एक जनाको मृत्यु

kutpitbata-mriyu-newskarobar

विवाहको विषयमा विवाद हुँदा निर्घात कुटिएका विराटनगर–१४ का सेमानन्द यादवको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचाररत रहेका यादवको गए राति सवा ९ बजे मृत्यु भएको मृतकका आफन्त विजेन्द्र यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले समेत यादवको मृत्यु भएको पुष्टि गरेको छ । मोरङ प्रहरीका डिएसपी राजकुमार खिउजुले मृत्यु भएका यादवको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउने बताए । उनले सो घटनाका विपक्षीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता रहेको र सम्बन्धित व्यक्तिको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।

मृतकका आफ्न्तहरुले भने घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ नगरेसम्म मृतकको शव नबुझ्ने अडान लिएका छन् । आफूले रोजेको केटीसँग छोरोले विवाह गर्न नमानेपछि जेठ ३२ गते विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा भएको पञ्चयतीका क्रममा उनलाई कुटपिट गरिएको पीडित पक्षको आरोप छ ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु