गृहपृष्ठ विषालु च्याउ खाँदा कैलालीमा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा कैलालीमा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा कैलालीमा पाँच जना बिरामी परेका छन् ।

भजनी नगरपालिका ३, कनैयापुरका एकै परिवारका पाँचजना विषालु च्याउ खाएर बिरामी परेका हुन् । उनीहरुको भजनी अस्पतालमा उपचार भइरहेको छ । बिरामी हुनेमा ६७ वर्षीया सीतारानी चौधरी, ४० वर्षीय राम दुलारी चौधरी, ३६ वर्षीया रतिदेवी चौधरी, २२ वर्षीय राजेश चौधरी र २० वर्षीया सुष्मा चौधरी बिरामी परेको अस्पतालले जनाएको छ । शुक्रबार राति अस्पताल भर्ना भएका पाँचै जना खतरामुक्त छन् ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु