गृहपृष्ठ त्रियुगा नदीको बाँध भत्किँदा २ सय घर डुबानमा

त्रियुगा नदीको बाँध भत्किँदा २ सय घर डुबानमा

सांकेतिक तस्बिर

उदयपुर र सप्तरीको सीमामा पर्ने त्रियुगा नदीको बाँध भत्किएको छ ।

बाँध भत्किँदा उदयपुरको त्रियुगा नगरपालिका १– अम्बासीका करिब २ सय घर डुबानमा परेका छन् । सप्तरीतर्फ भने २० घर डुबानमा परेको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा डुबान भएको हो । पानीको बहाव बढे यो क्षेत्रमा पनि करिब २ सय घर डुबानमा पर्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

यि दुवै क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु