गृहपृष्ठ प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख सहयोग गर्ने
प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख सहयोग गर्ने
प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाउनेका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले मृतकका परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
उद्योग, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डलले प्रत्येक जिल्लामा राहतका लागि १०-१० लाख रुपैयाँका साथै त्रिपाल, खानालगायतका सामग्री उपलब्ध गराउने निर्णय भएको छ । प्रदेश सरकारले हेलिकप्टर, सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतलाई उद्वार तथा राहत कार्यमा जुटाउन केन्द्रसँग आग्रह पनि गरेको उनले जानकारी दिए ।
प्रकाशित समय १६:०४ बजे

















