गृहपृष्ठ बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता
लगातारको वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण ६५ जनाको मृत्यु भएको छ । ३० जना बेपत्ता छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहानसम्म बाढी पहिरोमा परी २४ महिला र ४१ पुरुषको मृत्यु भएको छ । बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ३८ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
अहिलेसम्म एक हजार ४४६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:५८ बजे


















