गृहपृष्ठ अमेरिकासँग वार्ता गर्न इरान तयार

अमेरिकासँग वार्ता गर्न इरान तयार

iran-hassan-rouhani-newskarobar

आफूविरुद्धको नाकाबन्दी हटाउने हो भने अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् । इरान सधैँ वार्ताकै पक्षमा रहेको र जुनसुकै समयमा पनि वार्तामा बस्न तयार रहेको उनले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका तर्कका साथ प्रस्तुत हुनुपर्ने पनि उनले बताए । सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरु जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरु नेताहरुले पनि आइतबार इरानमा बढ्दो बिवादबाट आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

उनीहरुको सो प्रतिक्रियापछि आइतबारै इरानी राष्ट्रपति रौहानीको भनाइ बाहिर आएको छ । गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रुपमा तोडेको थियो । सो वार्ता तोडेपछि अमेरिकाले इरानमाथि एकलौटी रुपमा नाकाबन्दी लगाएको थियो ।

अमेरिकाको सो निर्णयपछि इरानले पनि ६० दिनको चेतावानी दिएको र त्यतिबेला पनि युरोप र अमेरिकाले उक्त निर्णय नसच्याएपछि इरानले पनि सो सम्झौता तोडेको घोषणा गरेको थियो । यसैकारण गएका केही महिनायता अमेरिका र इरानबीचको विबाद झन बढ्दै गएको छ । इरानमाथि युरोपेली राष्ट्रहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेका छन् ।

यसै दबाबका कारण पनि इरानका राष्ट्रपति रौहानीले यो पछिल्लो वार्ताको प्रस्ताव गरेको अनुमान गरिएको छ । इरानको यो वार्ता प्रस्तावपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु