गृहपृष्ठ वडाध्यक्षको किर्ते हस्ताक्षर गरेको अभियोगमा पक्राउ

वडाध्यक्षको किर्ते हस्ताक्षर गरेको अभियोगमा पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको किर्ते हस्ताक्षर गरेको अभियोगमा मंगलबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रविन खत्री रहेका छन् ।

आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको  हस्ताक्षर गरेर वडामा फाइल पेस गरेको पाइएकाले प्रहरीले उनलाई पक्रेको हो ।

वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै  हस्ताक्षर गरेर फाइल पेस गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

कार्कीले अटो पार्ट्सका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको तर यसबारे थप जानकारी आफूलाई नभएको बयान दिएको बताइएको छ । वडाध्यक्ष रिजालले भने, ‘उहाँले क्लोजिङका लागि फाइल दर्ता शाखामा पेस गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशंकामा मकहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइएपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौँ  ।’ (रासस)

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु