गृहपृष्ठ बाढीले बगाएर १४ वर्षीय किशोरको मृत्यु

बाढीले बगाएर १४ वर्षीय किशोरको मृत्यु

फाइल तस्बिर

उदयपुरको छाउरे खोलामा आएको बाढीले बगाएर सोमबार राति एक किशोरको मृत्यु भएको छ । रौतामाई नगरपालिका–७ स्थित आफ्नै घरमा सुतेको अवस्थामा खोलाको बाढी पसेर बगाउँदा १४ वर्षीय किशोर आर्यन तामाङको मृत्यु भएको हो ।

राति एक्कासि आएको बाढीले मस्त सुतेका आर्यन र उनकी आमालाई बगाएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आमाको तत्काल जीवितै उद्धार गरिए पनि बाढीमा बेपत्ता भएका किशोर मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु