गृहपृष्ठ पहिरोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु, एक घाइते

पहिरोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु, एक घाइते

उदयपुरमा मंगलबार बिहान पहिरोमा परेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । उदयपुरको रौतामाई नगरपालिका–८ स्थित डिल्लीवरमा घरमा सुतिरहेका बेला पहिरो खस्दा ५५ वर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको हो भने उनका ९ वर्षीय नाति महेश ग्रान्जा मगर गम्भीर घाइते भएका छन् ।

घटनाको जानकारी पाएलगत्तै पुगेका स्थानीय र प्रहरीले पहिरोबाट मृत अवस्थामा रनमायालाई निकालेका थिए । गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु