गृहपृष्ठ फलफूल तरकारीमा विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश
फलफूल तरकारीमा विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । भारतबाट आउने फलफूल तरकारीमा विषादी परीक्षण कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध असार २५ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्चले त्यसैलाई निरन्तरता दिएको हो ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएसँगै विषादी परीक्षण पुन: सञ्चालन गर्नुपर्ने भएको छ । विषादी परीक्षण ६ महिनाका लागि स्थगित गर्ने सरकारको निर्णयविरूद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले निवेदन दिएका थिए ।
प्रकाशित समय २०:३५ बजे

















