गृहपृष्ठ अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध
अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध
भारतको गुजरातमा ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । भारतीय अनलाइन अमरउजालाका अनुसार यस समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नु उचित मानेको छैन । आइतबार जालोल गाउँका ठोकर समुदायका मानिसहरूले पञ्चायत बोलाए । पञ्चायतले आफ्ना समुदायका अविवाहित युवतीहरूलाई मोबाइल बोक्न रोक लगाउने निर्णय ग-यो ।
गाउँवासीहरू पञ्चायतको यस आदेशलाई आफ्नो संविधान सरह मान्छन् । पञ्चायतमा समुदायका मानिसहरू आफ्ना लागि आफैं नियम तय गर्छन् । यो नयाँ नियमअनुसार अविवाहित युवतीले मोबाइल फोन राखे भने ठाकोर समाजको नियम उल्लंघन गरेको मानिने छ । यसलाई अपराधका रूपमा लिइने छ ।
यदि कुनै अविवाहित युवतीबाट मोबाइल बरामद भएको खण्डमा उनका पितालाई जरिमाना गरिने छ । जरिमाना स्वरूप १ लाख ५० हजार भारू पञ्चायतलाई बुझाउनुपर्ने छ । यसबाहेक यदि युवतीले अभिभावकको सहमतिबिना विवाह गरेमा पनि पञ्चायतले अपराध मानेको छ ।
जिल्ला पञ्चायत सदस्यका अनुसार पञ्चायतले समाजको हितका लागि अनेक निर्णय गरेको छ । विवाहमा अनावश्यक खर्च रोक्नका लागि डिजे र आतिसबाजीमा पनि पञ्चायतले रोक लगाउने निर्णय गरेको छ । युवतीले मोबाइल बोकेमा जरिमाना गर्ने मुद्दा चर्चामा आए पनि लागू चाहिँ गरिएको छैन ।
प्रकाशित समय १३:०२ बजे

















