गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, २ जना घाइते

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, २ जना घाइते

accident-newskarobar

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने २ जना घाइते भएका छन् ।

गढी गाउँपालिका– ५ मा बिहीबार अपरान्ह ५ बजे तिनमोहडीस्थित भित्री सडकखण्डमा सो दुर्घटना भएको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा चालक गढी गाउँपालिका–६ का ३० वर्षीय राजेश्वर मण्डल घाइते भएका थिए । उनको उपचारका क्रममा गोल्डेन अस्पताल बिराटनगरमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका २१ वर्षीय जितेन मण्डल र २२ वर्षीय कैलाश भन्ने रामनारायण मण्डलको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु