गृहपृष्ठ जंगली च्याउ खाँदा उदयपुरमा ३ परिवारका १२ जना बिरामी
जंगली च्याउ खाँदा उदयपुरमा ३ परिवारका १२ जना बिरामी
जंगली च्याउ खाँदा उदयपुरका २ छुट्टाछुटै स्थानमा ३ परिवारका १२ जना बिरामी परेका छन् ।
त्रियुगा नगरपालिका–९ राजावासमा एकै परिवारका पाँच र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी परेका हुन् । राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, निजकी श्रीमती ३८ वर्षीया फुलमाया दनुवार, उनीहरुका छोरा वर्षीय अनिश दनुवार, १७ वर्षीया रविना दनुवार र ११ वर्षीया छोरी मनिस दनुवार बिरामी परेका छन् ।
यस्तै सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवार, छोराहरु १४ वर्षीय अनिष दनुवार र ११ वर्षीय महेन्द्र दनुवार तथा ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी परेको प्रहरीले जनाएको छ । उनका छिमेकी २० वर्षीया गंगा कुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ बिरामी परेका छन् ।
उनीहरु सबैको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रकाशित समय १५:०१ बजे

















