गृहपृष्ठ करेन्ट लागेर झापामा एकको मृत्यु
करेन्ट लागेर झापामा एकको मृत्यु
करेन्ट लागेर झापामा आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका– ६ मा जमेको पानी मोटर लगाई तान्ने क्रममा स्थानीय ५५ वर्षीय धनकुमार राईको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको झापास्थित मनमोहन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १५:५३ बजे

















