गृहपृष्ठ गोग्लीमा शैक्षिक तथा धार्मिक महोत्सब सुरुः प्राविधिक शिक्षामा जोड

गोग्लीमा शैक्षिक तथा धार्मिक महोत्सब सुरुः प्राविधिक शिक्षामा जोड

दाङ- निःशुल्क गुणस्तरिय शिक्षाका लागि नमुना विद्यालय निर्माण तथा प्राविधिक विषय विस्तारका लागि मावि गोग्ली घोराही ४ गोग्लीले आयोजना गरेको घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ उद्घाटन गरीएको छ ।
विद्यालयका सस्थापक स्वं एकराज शर्मा घिमिरेका साईला छोरा तथा प्रदेश नम्बर ५ का सांसद रेवतीरमण घिमिरेले महोत्सबको उद्घाटन गरे । सांसद घिमिरेले पुर्खाले स्थापना गरेको विद्यालयको विकासका लागि आफ्नो पनि लगानी आबश्यक रहेको बताए । पुर्खाको लगानीमा आफुले नाम राख्ने भन्दा पनि विद्यालयमा आफ्नो पनि योगदान हुनुपर्ने बताए । आफुले पनि कक्षा ५ सम्म अध्ययन गरेको स्मरण गर्दै शर्माले विद्यालयको विकास क्रमिक रुपमा भएपनि अबको बदलिदो समयमा यत्तिले मात्र नपुग्ने बताए ।
विद्यालयको विकासका लागि विद्यालयले जति लगानी लगाउछ सरकारले त्यो भन्दा बढि लगानी लगाउन आबश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा शैक्षिक तथा धार्मिक अभियानका अभियान्ता एबं समाजसेवी भोलानाथ योगीले धर्म र विद्यालयविचको सम्बन्ध गहिरो रहेको बताए । धर्म भित्र रहेको ज्ञानकै कारण विद्यालयहरु सञ्चालनमा रहेकाले विद्यालयको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरे ।
शिक्षा प्रेमी ताराप्रसाद देबकोटाले स्थानियबासीहरुले ठुलो मेहनत र लगानी लागेर विद्यालय सुधारोन्मुख अवस्थामा रहेकाले अझै पनि स्थानियहरुकै सक्रियता बढि आबश्यक रहेको बताए । उनीहरुले प्राविधिक ज्ञानको आबस्यकता रहेकाले त्यसैतर्फ लाग्नुपर्ने बताए ।
घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सबका प्रमुख बाचक बालकृष्ण अर्याल र राष्ट्र शान्तिका लागि १०८ धार्मिक महोत्सबका संकल्पकर्ता गोेविन्द शरण महाराजको समेत उपस्थिती थियो । विद्यालयका प्रधानाध्यापक सतीशकुमार आचार्यले विद्यालयको ईतिहास लामो भएपनि सो अनुसारको विकास नभएका कारण आर्थिक स्रोतको खोजी गर्नका लागि महोत्सब सञ्चालन गर्नुपरेको बताए ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा रहेको मावि डाँडागाउँ गोग्लीलाई स्मार्ट विद्यालय निमाणार्थ शैक्षिक तथा धार्मिक महोत्सब जेठ २२ गते सम्म सञ्चालन हुनेछ । धार्मिक महोत्सबमा प्रत्येक दिन विहान ७ बजे देखि पुजाअर्चना तथा पाठ पारायण, प्रत्येक दिन विहान १० बजे देखि ४ बजे सम्म कथा, प्रबचन, झाँकी प्रर्दशन, प्रत्येक दिन बेलुकी ७ बजे देखि १० बजे सम्म झाँकि, कथा प्रबचन, भजनकृतन, र प्रत्येक दिन विहान ६ बजे देखि बेलुकी ७ बजे सम्म शालिग्राम भगवानको पुजाअर्चना तथा परिक्रमा कार्यक्रमहरु हुने महोत्सब मुल आयोजक समितिले बताएको छ ।
महायज्ञमा सहस्र शालिग्राम पुजा अर्चना, विराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन, श्रीमदभागवत कथा प्रबचन, गौदान, रुद्रिपाठ, कलशयात्रा, तुलादान, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती प्रज्ज्वलन, महालक्ष्मिको पुजा, विवाह लगायत धार्मिक पुजा सामग्री पुस्तक एब शैक्षिक सामग्री प्रर्दशनी समेत हुने आयोजकले बताएको छ ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु