गृहपृष्ठ गुल्मीमा घर भत्किँदा १ को मृत्यु, ५ जना घाइते
गुल्मीमा घर भत्किँदा १ को मृत्यु, ५ जना घाइते
गुल्मीमा घर भत्किँदा एक बालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
लगातारको वर्षाका कारण कालिगण्डकी गाउँपालिका– ७ थापचौरमा घर भत्किँदा १३ वर्षीय चुन्ने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार बिहान २ बजेतिर घर भत्किएको र अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:३० बजे

















