गृहपृष्ठ फिनल्यान्डको राजधानी हेल्सिन्कीमा ‘वर्ल्ड भिलेज फेस्टिबल’

फिनल्यान्डको राजधानी हेल्सिन्कीमा ‘वर्ल्ड भिलेज फेस्टिबल’

फिनल्यान्ड– राजधानी हेल्सिन्कीमा नेपाली समुदायले आफ्नो कला र संस्कृति प्रदर्शन गरेको छ । फिनल्यान्डमा सक्रिय संस्था केपा र राष्ट्रिय समन्वय परिषद फिनल्यान्डले मे २६ मा ‘वर्ल्ड भिलेज फेस्टिबल’ आयोजना गरेका हुन् । कार्यक्रममा नेपाली संगीत, कला र भेषभूषाको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा  विभिन्न नेपाली गीतमा नृत्यका साथै  नेपाली पोसाक प्रदर्शनी पनि गरिएको  थियो ।

सन् १९९५ देखि हरेक वर्ष आयोजना गरिँदै आएको फेस्टिबलमा फिनल्यान्डमा रहेका विभिन्न समुदायले आ–आफ्नो भाषा, संस्कृति, कला र भेषभूषाको प्रवर्धन गर्ने गर्छन् । नेपाली समुदायको प्रस्तुतिलाई स्थानीय दर्शकले पनि रुचिपूर्वक अवलोकन गरेका थिए ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु