गृहपृष्ठ धितोपत्रमा भ्याट छुटको स्टक ब्रोकर एसोसिएसनद्वारा स्वागत

धितोपत्रमा भ्याट छुटको स्टक ब्रोकर एसोसिएसनद्वारा स्वागत

काठमाडौं– सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको स्टक ब्रोकर एसोसिएसनले बजेटको स्वागत गरेको छ । धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धि कर छुट हुने क्षेत्रभित्र समेटेको भन्दै स्टक ब्रोकर एसोसिएसनले बजेटको स्वागत गरेको हो ।
बजेटले नै स्पष्ट व्यवस्था गरेपछि धितोपत्र खरिद–बिक्रीबापत प्राप्त हुने आयमा भ्याट लाग्ने÷नलाग्ने केही वर्षदेखिको दुबिधाको अन्त्य गरेको एसोसिएसनको ठहर छ । त्यस्तै, बजेटमा एक अर्बभन्दा बढी चुक्तापुँजी भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण भई पुँजीबजारमा अनिवार्य सूचीकरण हुनुपर्ने व्यवस्थाको पनि एसोसिएसनले स्वागत गरेको छ । त्यसैगरी, ५० करोड वा त्योभन्दा बढी चुक्तापुँजी भएका प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण हुन तीन वर्षसम्म आयकरमा १० प्रतिशत छुट दिने व्यवस्थाले पुँजीबजारको दायरा फराकिलो हुने एसोसिएसनको बुझाइ छ । प्राइभेट इक्युटी, भेन्चर फन्ड, हेज फन्डलगायतका नयाँ संस्थालाई पुँजीबजारमा प्रवेश गराउँदा बजार विस्तार हुने र विश्वसनीय हुने एसोसिएसनले जनाएको छ ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु