गृहपृष्ठ सुलिगाड खोलाले बगायो काठेपुल
सुलिगाड खोलाले बगायो काठेपुल
सांकेतिक तस्बर
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने सुलिगाड खोलाको काठेपुल बगाएको छ । दुई सातादेखिको निरन्तर वर्षाका कारण मंगलबार राति आएको बाढीले सुलिगाड खोलाको काठेपुल बगाएको हो ।
काठेपुल बगाएपछि फोक्सुण्डो ताललगायत उपल्लो डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या भएको छ । काठेपुल बगाउँदा खोलापारि रहेको निकुञ्ज कार्यालयमा आवतजावत गर्नसमेत समस्या भएको निकुञ्जले जानकारी दिएको छ ।
पानीको सतह धेरै बढेको सुलिगाड खोलाले काठहरू बगाएर ल्याएको देखिएकाले फोक्सुण्डो तालसम्म पुग्न बिचबिचमा बनाइएका अन्य काठेपुलहरु पनि बगाएको अनुमान निकुञ्जले गरेको छ । सबैलाई तर्न पायक पर्ने काठेपुल बगाएपछि केही समय हिँडेर अर्को स्थानमा रहेको झोलुंगे पुलबाट आवतजावत गर्नुपरेको छ । (रासस)
प्रकाशित समय १२:३५ बजे

















