गृहपृष्ठ विद्युत् सर्ट भई आगलागी हुँदा ११ लाखको क्षति

विद्युत् सर्ट भई आगलागी हुँदा ११ लाखको क्षति

सांकेतिक तस्बिर ।

मोरङको पथरी शनिश्चरेमा बुधबार बिहान आगलागी हुँदा ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ लिच्ची डाँडास्थित सुकमाया राईको होटलमा आगलागी भएको हो ।

जस्ताको छानो भए पनि टाटी बेराले बनेको एकतले होटलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो । आगाले होटलमा रहेका फ्रिज, भाँडावर्तन, फर्निचर र ५ हजार रुपैयाँ नगद समेत जलेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु