गृहपृष्ठ दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

accident-newskarobar

पोखराको औद्योगिक क्षेत्रमा शनिबार राति दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

ग४प २२५४ नम्बरको मोटरसाइकल र ग१०प ४७५० नम्बरको मोटरसाइकल आपसमा जुँध्दा पोखरा महानगरपालिका- १३ मियापाटनका ४० वर्षीय देवदास गुरुङको मृत्यु भएको हो । ग१०प ४७५० नम्बरका मोटरसाइकलमा सवार पोखरा– २६ बुढीबजारका २६ वर्षीय अनिल अधिकारी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । अधिकारीको गण्डकी मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु