गृहपृष्ठ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

pakrau-arrest-newskarobar

नागार्जुन नगरपालिका-५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा तिनजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाइला शरणपुर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ बांगेसिमल घर भएका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका-२ घर  भएका २० वर्षीय साकार भन्ने सागर तामाङ र दोलखा मेलुङ गाउँपालिका-५ डाँडाखर्क घर भएका २३ वर्षीय सरोज भन्ने सुवास श्रेष्‍ठ रहेका छन् ।  महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटना भएको करिब आधा घण्टाभित्रै उनीहरूलाई काठमाडौं नागार्जुन नगरपालिका-४ स्थित कम्फर्ट कोलनी नजिक फेला पारी पक्राउ गरेको हो ।

काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाइलास्थित शरणपुरचोकमा झैझगडा भएको भन्‍ने जानकारी प्राप्त हुना साथ उक्त वृत्तबाट खटिएको प्रहरीले बस्नेतलाई धारिलो हतियार प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थियो । घाइते बस्नेतलाई उपचारका लागि प्रहरीले मनमोहन अस्पताल स्वयम्भूमा पठाएकामा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

मादक पदार्थ तथा अन्य नशालु पदार्थको सेवनबाट मातेर मृतकसँग सामान्य विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रहार गरी भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु