गृहपृष्ठ युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छः पूर्वराष्ट्रपति यादव
युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छः पूर्वराष्ट्रपति यादव
k"j{ /fi6«klt 8f= /fdj/0f ofbj ;flxTosf/ Pj+ ;:s[tljå s'nrGb| sf]O/fnfsf] @% cf}F :d[lt lbj;sf] cj;/df cfh oxfF cfof]lht sfo{qmddf xfF:o JoªUo ;flxTodf ljlzi6 of]ubfg k'¥ofPjfkt /d]z vs'/]nnfO{ s'nrGb| sf]O/fnf /fli6«o k'/:sf/ k|bfg ug'{x'Fb} . t:jL/ M gf/fo0f Gof}kfg], /f;;
काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताएका छन् ।
साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको साहित्य, कला, संस्कृति, भाषा, रहनसहन, पुर्खाको योगदान, भौगोलिक अवस्था र विविधताका दृष्टिले समृद्ध भएको हुँदा यसबारे युवा पुस्तामा पर्याप्त जानकारी हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।
‘तराईका जनतालाई हिमाल र पहाडको तथा हिमाल र पहाडका जनतालाई तराईको विविधता र संस्कृतिबारे जानकारी गराउनुपर्दछ,’ पूर्वराष्ट्रपति डा यादवले भने, ‘धेरै युवा पुस्तामा मुलुकको भौगोलिक अवस्था, विविधता र पूर्वजको योगदानबारे सामान्य जानकारी समेत नरहेको देखिन्छ । प्रकृति र पर्या पर्यावरण संरक्षणमा समेत अव युवापुस्तालाई संलग्न गराउनु पर्दछ ।’
सो अवसरमा हास्यव्यङ्ग्य साहित्यमा विशिष्ट योगदान पु¥याएबापत रमेश खकुरेललाइ रु ५० हजार राशिको कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार तथा मुलुकको शिक्षा क्षेत्रको उन्नयनमा विशिष्ट योगदान दिएबापत काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मालाई कदरपत्रसहित सम्मान गरियो ।
समारोहमा प्रतिष्ठानकातर्फबाट नेपाली भाषाको संवद्र्धन र अनुसन्धानमा योगदान पु¥याएबापत लेखक पार्थमणि भट्टराईलाई पनि सम्मान गरियो ।
सो अवसरमा संस्कृतिविद् सत्यमोहन जोशीले प्रजातन्त्रका योद्धा कुलचन्द्र कोइरालाले विश्वमै बेग्लै खालको वैभवशाली संस्कृति बोकेको इन्द्रजात्राको संस्कृतिसम्बन्धी अनुसन्धान गरेर नेपाल र नेपालीलाई ठूलो गुन लगाएको भनी प्रशंसा गरे ।
सम्मानित व्यक्तित्व प्रा डा शर्मा र भट्टराई तथा पुरस्कृत व्यक्तित्व खकुरेलले स्व कोइराला नेपाली संस्कृति र शास्त्रीय परम्पराबीचको तालमेलको खोज, अनुसन्धान र हास्यव्यङ्ग्य विधामा निकै पोख्त भएको बताए ।
सो अवसरमा पूर्वराष्ट्रपति यादवले कुलचन्द्र कोइराला प्रतिष्ठानद्वारा रजत जयन्तीका अवसरमा प्रकाशित दीपक स्मारिका र कोइरालाका जीवनगाथा र योगदान समेटिएको ‘स्मृति र दृष्टि’ नामक पुस्तक लोकार्पण गरे ।
प्रतिष्ठानका सचिव जीवनचन्द्र काइरालाले प्रतिष्ठानले नेपाली संस्कृति, कला र साहित्यको प्रवद्र्धनका लागि हालसम्म विभिन्न स्रष्टाका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको जानकारी दिए ।
प्रकाशित समय १०:०३ बजे

















