गृहपृष्ठ मुलुकलाई निकास दिनका लागि पार्टी एकताः अध्यक्ष दाहाल
मुलुकलाई निकास दिनका लागि पार्टी एकताः अध्यक्ष दाहाल
g]kfn sDo"lgi6 kf6L{-g]skf_ cGgk"0f{ ufpFkflnsfsf] l9s'/kf]v/Ldf zlgaf/ cfof]lht ;Ddfg tyf :jfut sfo{qmddf af]Nb]} g]skfsf s]Gb|Lo cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M xl/ afF:tf]nf, kf]v/f, /f;;
पोखरा- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई निकास दिनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता गरिएको बताएका छन् ।
नेकपा अन्नपूर्ण गाउँपालिकाद्वारा अध्यक्ष दाहालको जन्मथलो ढिकुरपोखरीमा आयोजित सम्मान तथा स्वागत कार्यक्रममा उनले ठूलो पार्टीको लागि मात्र नभई मुलुक र जनताको समृद्धिका लागि एकता गरिएको स्पष्ट पारे ।
पार्टी एकताअघि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र आपूmले विगतका सात वर्षको नेपालको विकासको विश्लेषण गरेको जानकारी दिँदै अध्यक्ष दाहालले एकतालाई प्रदेश र संघ निर्वाचनको परिणामले समेत अनुमोदान गरेको बताए ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी, केन्द्रीय सदस्यद्वय खगराज अधिकारी र राजकाजी गुरुङ, नेता कृष्ण थापा र बखानसिंह गुरुङले पार्टी एकताले नेपाली जनतामा आएको उत्साहको भावनालाई बुझेर सरकारले काम गर्नु पर्नेमा जोड दिए ।
प्रकाशित समय ०९:५२ बजे
















