गृहपृष्ठ भारतले कास्मिरका १४४ बालबालिकालाई हिरासतमा राखेको खुलासा

भारतले कास्मिरका १४४ बालबालिकालाई हिरासतमा राखेको खुलासा

india-kashmir-pakistan_newskarobar

भारतले जम्बु कास्मिरका १४४ बालबालिकालाई हिरासतमा राखेको खुलासा भएको छ । दुई महिनाअघि संविधानको धारा ३७० खारेज गर्दै विशेष राज्यको दर्जा खोसेको भारतले १४४ बालबालिकालाई हिरासतमा राखेको जम्बु कस्मिर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेस गरेको रिपोर्टमा उल्लेख छ ।

भारतले विशेष राज्यको दर्जा खोस्नुअघि सैनिक परिचालन गरेर व्यापक धरपकड गरेको थियो । भारतको कदमको अन्तर्राष्ट्रिय स्तरमा विरोध भइरहेको छ । रिपोर्टमा बालबालिकालाई गैरकानुनी ढंगले हिरासतमा राखिएको बताइएको छ ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु