गृहपृष्ठ पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६:०० बजे जनाएअनुसार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिजोआज मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको छ, साथै भारतको उत्तरप्रदेश आसपास न्यूनचापीय प्रणाली रहेको छ ।

हाल देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ । बुधबार दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली,  मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन चट्याङको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै देशका महाशाखाले केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पश्चिमी तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन चट्याङको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु