गृहपृष्ठ बेलायतमा लरीभित्र मृत भेटिएका ३९ जना चिनियाँ नागरिक
बेलायतमा लरीभित्र मृत भेटिएका ३९ जना चिनियाँ नागरिक
बेलायतमा बुधबार एउटा लरीभित्र भेटिएका ३९ शव चिनियाँ नागरिकको रहेको पुष्टि भएको छ ।
उनीहरु सबै चिनियाँ नागरिक भएको बेलायती सञ्चारमाध्यमहरुले पुष्टि गरेका हुन् । पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा लरीको कन्टेनरमा मृत अवस्थामा उनीहरुको शव भेटिएको थियो । उनीहरु बेल्जियमबाट डुंगामा त्यहा पुगेको बताइएको छ । आप्रवासन कार्यालयका प्रहरीले मृतकमध्ये ३८ जना वयस्क र एक जना किशोर रहेको जनाएका छन् ।
घटनाका विषयमा संसारभर तरंग पैदा हुँदासमेत चिनियाँ दूतावासले भने मुख खोलेको छैन ।
प्रकाशित समय ०७:२५ बजे

















