गृहपृष्ठ फरार भ्रष्टाचारी झा पक्राउ
फरार भ्रष्टाचारी झा पक्राउ
फरार भ्रष्टाचारी अशोक झालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका २ बस्ने ६९ वर्षीय झालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उनकै घरबाट झालाई नियन्त्रणमा लिएको हो । भ्रष्टाचार मुद्दामा झालाई २०६६ जेठ १६ गते एक वर्ष ६ महिना कैद सजायको फैसला भएको र उनी फरारको सूचीमा थिए ।
प्रकाशित समय ०७:४३ बजे

















