गृहपृष्ठ जर्मन बुन्डेस लिगामा लेवान्डोस्कीको कीर्तिमानी गोल

जर्मन बुन्डेस लिगामा लेवान्डोस्कीको कीर्तिमानी गोल

Robert-Lewandowski-newskarobar

जर्मन बुन्डेस लिगामा रोबर्ट लेवान्डोस्कीले कीर्तिमानी गोल गरेका छन् । लेवान्डोस्की लिगमा सिजनका सुरुका ९ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

सिजनको नवौँ खेलअन्तर्गत शनिबार राति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई २-१ ले पराजित गरेको छ । यो खेलको दोस्रो हाफमा लेवान्डोस्कीले गोल गरेका हुन् । बायर्नका लागि पहिलो हाफमा बेन्जामिन पावार्डले गोल गरेका थिए ।

बर्लिनका लागि सेबास्टियन पोल्टरले एक गोल फर्काए । लेवान्डोस्कीले यो सिजन सबै प्रयोगितामा गरेर १९ गोल गरेका छन् ।

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु