गृहपृष्ठ तिहार भनेकै फूलैफूलको पर्व (फोटो फिचर)
तिहार भनेकै फूलैफूलको पर्व (फोटो फिचर)
फूल र तिहार एक अर्कामा पर्याय नै हुन् । किनकी, अरू बेला भन्दा तिहारमा फूलको महत्व बढी हुन्छ । फूल विनाको तिहार कल्पना नै हुनसक्दैन । त्यसैले तिहारलाई ‘फूलको पर्व’ पनि भनिन्छ । जब फूल र फूलको मालाले घर सिँगारिन्छ, अनि मात्र तिहारको माहौल ‘पर्वमय’ बन्छ । घर सजाउनेदेखि गाई, गोरु, लक्ष्मी र भाई पूजामा समेत फूल चाहिन्छ । यसै कारण हरेक तिहारमा फूलको कारोबार ठूलो मात्रामा हुनेगर्छ ।
यतिबेला काठमाडौँका सडक पेटीसमेत फूल र तिहारका सामग्रीहरुको पसलले ढाकेको छ । एउटै माला पाँचदेखि सात सय रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । केही दिनअघि सुरु भएको फूल र मालाको व्यापार तिहारसम्म आइपुग्दा अझ बढेको मात्र छैन, व्यापारीहरुले मूल्यसमेत क्रमशः बढाएका छन् । पछिल्लो समय स्थानीय स्तरमै फूलको व्यावसायिक खेती गर्नेहरुको संख्या बढ्दो छ । जसले गर्दा भारतबाट हुने आयात घटेको छ ।
प्रकाशित समय १५:१३ बजे
























