गृहपृष्ठ भाइटीकाको शुभसाइत बिहान ११:५५ बजे

भाइटीकाको शुभसाइत बिहान ११:५५ बजे

bhaitika सांकेतिक तस्बिर

भाइटीकाको शुभसाइत बिहान ११:५५ बजे परेको छ । पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको टीका भोलि दिनभर लगाउन कुनै बाधा नभए पनि मध्यान्ह ११:५५ बजेको समय उत्तम छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

यो वर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवर्धन पूजा परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । मंगलबार बिहान ७:५१ बजेसम्म प्रतिपदा तिथि छ । बिहान प्रतिपदा तिथि हुँदै गोवर्धन पूजा गर्नुपर्छ । त्यसपछि भाइटीका लगाउन सकिन्छ ।

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु