गृहपृष्ठ सप्तरीमा पटाका पड्काउदा आगलागी, जल्यो घर
सप्तरीमा पटाका पड्काउदा आगलागी, जल्यो घर
सांकेतिक तस्बिर ।
सप्तरीको राजविराजमा मंगलबार पटाका पड्काउने क्रममा आगलागी भएको छ ।
मंगलबार बेलुका ७ बजे राजविराज नगरपालिका-८ मा रहेको हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी हुँदा हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको हो । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय शोरभ यादवले जानकारी दिए । आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रकाशित समय ०७:१९ बजे

















