गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा १ को मृत्यु
मोटरसाइकल दुर्घटनामा १ को मृत्यु
सांकेतिक तस्बिर
सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा५च ४९५४ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको मृत्यु भएको हो । दुर्घटनापछि घाइते भएका कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रकाशित समय ०७:४६ बजे

















