गृहपृष्ठ छठ पर्व सुरु
छठ पर्व सुरु
मिथिलाञ्चलमा आजदेखि छठ पर्व सुरु भएको छ । छठको पहिलो दिन आज नुहाएर शुद्ध खानेकुरा खाने चलन छ ।
आज माछा र कोदोबाट बन्ने खानेकुरा खान नहुने बताइन्छ । छठ पूजाको दोस्रो दिन भोलि खरना मनाइन्छ । खरनामा व्रतालुले दिनभर उपवास बसी राति खीर, पुरी लगायतका खानेकुरा गृह देवता र सूर्य देवतालाई चढाइउने चलन छ । व्रतालुले भने अरबा अरबाइन अर्थात् बिना नुनको खानेकुरा खाने गर्दछन् ।
सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने पर्वको तेस्रो दिन व्रतालुले विभिन्न पकवान बनाएर, केरा, स्याउ, उखुसहित माटाका भाँडामा राखी साँझ नदी वा तलाउमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् । उक्त दिन रातभर नदी, तलाउ तथा पोखरी छेउमा जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्वको समापन गरिन्छ ।
प्रकाशित समय ०७:५७ बजे

















