गृहपृष्ठ नेवार समुदायले आज पनि किजा पूजा मनाउँदै

नेवार समुदायले आज पनि किजा पूजा मनाउँदै

मंगलबार किजा पूजा नगरेका नेवार समुदायले आज गर्दैछन् । मंगलबार म्हः पूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

धेरैले भने पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा गरेका छन् । किजा पूजामा दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिने चलन छ । किजा पूजाको अवसरमा सरकारले बुधबार सार्वजनिक विदासमेत दिएको छ ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु